शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई « Khabarhub

शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली दिदीबहिनी र दाजुभाइहरूले लोकतान्त्रिक अधिकारको उत्साहजनक प्रयोग गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा सम्पन्न निर्वाचनबाट आफूलाई निकै खुसी लागेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुङ्गा स्थापित भएको भन्दै यसलाई गौरवको क्षणका रूपमा चित्रण गरेका छन् । छिमेकी देशको रूपमा नेपालको यो उपलब्धिले दुई देशबीचको सम्बन्धमा नयाँ उर्जा थप्ने उनको भनाइ छ ।

एक निकट साझेदार र छिमेकीका नाताले भारत नेपालको विकास र स्थिरताको पक्षमा सधैँ उभिने प्रतिबद्धता पनि उनले जनाएका छन् । नेपालमा बन्ने नयाँ सरकार र जनतासँग मिलेर काम गर्न भारत सदैव तत्पर रहेको उल्लेख गर्दै उनले आगामी दिनमा दुई देशबीच साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई अझ नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : १८ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को