धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएको जानकारी दिए । भण्डारी ३५ हजार ४७६ मत अन्तरले विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका छन् नेकपा (एमाले) का अशोककुमार ब्याञ्जुले १३ हजार ९४० र नेपाली कम्युनिष्ट पार्टीका बसुन्धरा गुरागाँईले आठ हजार १०७ मत प्राप्त गरेका छन् ।
यस्तै, उज्यालो नेपाल पार्टीका ज्योत्सना सैंजुले तीन हजार ७४९ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले एक हजार १२५, नेपाल मजदुर किसान पार्टीका मुना तामाङले ४२८, श्रम संस्कृति पार्टीका टङ्कबहादुर लामाले ४०० प्राप्त गरे ।
यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र आठ जना गरी २४ जनाले प्रतिस्पर्धा गरेका छन् ।












प्रतिक्रिया