बारा-१ मा रास्वपाका धिमाल विजयी « Khabarhub

बारा-१ मा रास्वपाका धिमाल विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमाल निर्वाचित भएका छन् । निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धिमालले ३९ हजार ९९८ मत प्राप्त गरेका हुन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले १४ हजार २२३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाका क्रममा पाँच हजार २९६ मत बदर भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : २८ बजे

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

रास्वपाको लहरबीच एमालेको किल्ला भत्काए कांग्रेसका सन्दीपले

पाल्पा- पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ