काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै राखेका छन् ।
अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुङ्मा, भोजपुर र रामप्रसाद–१, २, ३ –मा मत गणना सकिँदा ध्रुवराज राईले ९,५२२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राई (सूर्य) ७,७८५ मतसहित दोस्रो स्थानमा छन् । अन्य प्रमुख उम्मेदवारहरूमा बालकृष्ण थापा (रुख) ४,८३८ मतसहित तेस्रो, रमेश ओझा (घन्टी) ४,०३६ मतसहित चौथो छन् ।
नेकपाका अजम्बर राई काङमाङ(तारा) ले ३,६७२ मत प्राप्त गरेका छन् ।













प्रतिक्रिया