म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत « Khabarhub

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू शान्त, प्रसन्न र विचलित नभएको बताएका छन् । उनले मतदाताको अभिमतलाई सम्मान गर्ने र जनताको मतलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

डा. राउतले व्यक्तिगत रूपमा आफूलाई कुनै दुःख नभएको बताए र संसदीय राजनीति प्रवेश गर्दा सांसद वा मन्त्री पदप्रति कहिल्यै आशक्ति नरहेको उल्लेख गरे। उनले संसदीय राजनीति आफूसँग सधैंको लागि जोडिएको नभइ एक संयोग मात्र भएको बताए।

उनले मधेशका लागि दशकौंदेखि संघर्ष गरेका राजनीतिक शक्ति एकाएक शून्यमा झर्न लागेकोमा अलिकति चिन्ता व्यक्त गरे । त्यस्तै, उनले चुनावको परिणामले कम्तीमा एउटा दललाई झण्डै दुईतिहाईको बहुमत ल्याउन लागेको हुँदा अब देशलाई निकास दिने अवसर सिर्जना भएको भन्दै सकारात्मक वा नकारात्मक जे गर्नुपर्छ, त्यसलाई व्यवहारमा देखाउनुपर्ने बताए।

डा। राउतले अन्तमा जनतालाई सम्बोधन गर्दै भने, “जय मधेश, जय स्वराज !” जसले मधेश आन्दोलनको आदर्श र लक्ष्यप्रतिको निरन्तर प्रतिबद्धता झल्काउँछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ५१ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण