काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले अब दोष कसैमा थोपरेर उम्किन सक्ने अवस्था नभएको बताए । उनले निर्वाचनले सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै जनताले दिएको सन्देश स्पष्ट रहेको बताए ।
पूर्वउपाध्यक्ष पाण्डेले एमालेले अब आफ्नो संरचना, कार्यशैली र नेतृत्व अभ्यासमा ठोस सुधार गर्नुपर्ने बेला आएको बताएका छन् । उनले पार्टीका सबै कार्यकर्ता साथीहरूलाई निराश नहुन आग्रह गर्दै भने कि जनविश्वास गुम्नुको कारण इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र संगठन अघि बढ्न सक्छ ।
उनले थपे, “आफ्ना गल्तीहरू सच्याउने साहस, नेतृत्वको शैलीमा परिवर्तन र कार्यपद्धतिमा सुधार गर्न सके हामी फेरि जनताको भरोसा जित्न सक्छौं।” साथै उनले शानदार नतिजा ल्याएका रास्वपा र अन्य विजयी उम्मेदवारहरूलाई हार्दिक बधाई दिएका छन् ।













प्रतिक्रिया