दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित « Khabarhub

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठक निर्वाचित भएका छन् । उनले ४२ हजार ६०२ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले १५ हजार २८० मत प्राप्त गरेका छन्। यससँगै रास्वपाका पाठकले कांग्रेसका प्रभावशाली नेता चौधरीलाई झण्डै दोब्बर मतान्तरले हराउँदै विजय हासिल गरेका हुन् ।

यस निर्वाचन क्षेत्रमा नेकपाका मेटमणि चौधरीले १४ हजार ९६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ मत प्राप्त गरेका छन् ।

दाङ–१ मा रास्वपाका पाठकको स्पष्ट अग्रता र जितले उक्त क्षेत्रमा पार्टीको बलियो उपस्थितिलाई पुष्टि गरेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : ०५ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण