६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय « Khabarhub

६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक पृष्ठभूमिबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका राजदूतमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

त्यस्तै, श्रीलंकाका लागि नियुक्त डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ ।

सरकार परिवर्तनसँगै अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने अभ्यासलाई निरन्तरता दिँदै यो कदम चालिएको हो ।

फिर्ता हुने राजदूतलाई आफ्नो कार्यकालको बाँकी अवधि छोडेर स्वदेश फर्कन निश्चित समय सीमा दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ । रिक्त रहेका ती कूटनीतिक नियोगमा नयाँ नियुक्तिको प्रक्रिया भने अब छिट्टै सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ७ : २६ बजे

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०