रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ « Khabarhub

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन जनालाई गोली प्रहार गरेको छ ।

प्रहरीले लागुऔषध ओसारपसारमा सक्रिय रहेको सूचनाका आधारमा आकस्मिक ‘चेकपोइन्ट’ खडा गरी चेकजाँच गर्ने क्रममा कोटहवाबाट छिपागढ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आउँदै गरेका तीनजना युवा नियन्त्रणमा लिनेक्रममा गोली चलाइएको प्रहरीले जनाएको छ ।

त्यसक्रममा प्रहरीले रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसारको सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार युपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।

प्रहरीले लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ती युवकले प्रहरीलाई नै ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

बायाँ खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल चेकजाँच गर्दा लागूऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १० : १३ बजे

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका