बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ « Khabarhub

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको छ।

गत चैत १३ गते गठित शाह नेतृत्वको मन्त्रिपरिषद्मा दुई साता नहुँदै वरीयता तलमाथि गरिएको हो ।

राष्ट्रपतिको कार्यालयले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरीयता पाएका छन् ।

तर चैत १३ मा तेस्रो वरीयता पाएका गृहमन्त्री सुधन गुरुङ नयाँ वरीयताको पाँचौँ स्थानमा पुगेका छन् । उता सुरूमा चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरीयतामा आएका छन् ।

चौथो वरीयतामा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई ल्याइएको छ । यसअघि उनी छैटौँ वरीयतामा थिए । यस पटक सबैभन्दा छलाङ महिला, बालबालिका मन्त्री सीता वादीले मारेकी छन् । उनी अन्तिम अर्थात् पन्ध्रौँ वरीयताबाट आठौंमा उक्लिएकी छन् ।

तेह्रौँ वरीयतामा रहेकी कानुनमन्त्री सोविता गौतमलाई सातौँ वरीयतामा ल्याइएको छ।

कानुनमन्त्री सोबिता गौतमलाई तेह्रौँ वरीयता मिल्दा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई चौधौँ र महिला, बालबालिका मन्त्री सीता वादीलाई अन्तिम वरीयता मिलेको छ।

नयाँ वरीयताक्रम
१. वालेन्द्र शाह-प्रधानमन्त्री (रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति)
२. डा. स्वर्णिम वाग्ले-मन्त्री (अर्थ; परराष्ट्र)
३. शिशिर खनाल-मन्त्री (ऊर्जा, जलस्रोत तथा सिँचाइ)
४. विराज भक्त श्रेष्ठ-मन्त्री (गृह)
५. सुधन गुरुङ-मन्त्री (भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास)
६. सोविता गौतम-मन्त्री (कानून, न्याय तथा संसदीय मामिला)
७. सीता बादी-मन्त्री (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)
८. प्रतिभा रावल- मन्त्री (संघीय मामिला तथा सामान्य प्रशासन)
९. निशा मेहता-मन्त्री (स्वास्थ्य तथा जनसङ्ख्या; खानेपानी)
१०. सस्मित पोखरेल-मन्त्री (शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद)
११. खडक राज पौडेल-मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)
१२. डा. विक्रम तिमिल्सिना-मन्त्री (सञ्चार तथा सूचना प्रविधि)
१३. गीता चौधरी-मन्त्री (कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण)
१४. दिपक कुमार साह-मन्त्री (श्रम, रोजगार तथा सामाजिक सुरक्षा)

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : ०० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा