फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल « Khabarhub

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् ।

मंगलबार बिहान धनगढी आइपुगेका मन्त्री पोखरेलले फाप्ला क्रिकेट मैदानको निरीक्षणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुदूरपश्चिममा क्रिकेटको क्रेज रहेको धारणा राखे ।

‘विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको रहेछ’, मन्त्री पोखरेलले भने, ‘सरकारले निर्माणलाई महत्त्व दिएर अघि बढ्छ ।’

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभामा सहभागी हुन यहाँ आइपुगेका मन्त्री पोखरेलले आजै कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय र दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निरीक्षण गर्ने कार्यक्रम तय भएको मन्त्री पोखरेलका स्वकीय सचिव आरजु लोहनीले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : ०३ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण