बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ « Khabarhub

बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भयो । अधिवेशनअन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईंले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेका थिए ।

उनले तत्कालीन सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट दिनुभएको राजीनामा तथा छ जना प्रदेशसभा सदस्यले दिएको राजीनाबारे सभालाई जानकारी गराए ।

उपसभामुख चापागाईंले सभामुख एवम् उपसभामुख बैठकमा अनुपस्थित रहेको अवस्थामा सभा सञ्चालनका लागि मनोनीत गरेको चार सदस्यको नाम बैठकले स्वीकृत गरेको छ । मनोनीत हुनेहरू सुना परियार, सुष्मा भुजेल न्यौपाने, हरिप्रसाद सापकोटा र लक्ष्मी घिमिरे रहेका छन् ।

बैठकको विशेष समयमा सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले सुशासन प्रवर्द्धनका लागि काम गर्ने बताए ।

उनले प्रदेशका विभिन्न जिल्लामा बहुवर्षीय योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : २४ बजे

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।

हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा