ट्रम्पको धम्कीबीच अहवाज पुलमा इरानीहरूले फहराए राष्ट्रिय झण्डा « Khabarhub

ट्रम्पको धम्कीबीच अहवाज पुलमा इरानीहरूले फहराए राष्ट्रिय झण्डा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले दक्षिण–पश्चिमी शहर अहवाजको एक पुलमा दर्जनौं मानिसहरूले इरानी झण्डा फहराएको दृश्य सार्वजनिक गरेको छ।

तस्निमका अनुसार उक्त प्रदर्शन शहरको ‘पोल सेफिद’ अर्थात् ‘ह्वाइट ब्रिज’ मा गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा पुनः खोल्ने आफ्नो समयसीमा पूरा नगरे आगामी केही घण्टाभित्र इरानका सबै पुल र विद्युत् केन्द्रहरू ध्वस्त पार्ने चेतावनी बारम्बार दिएका छन्।

वार्ताका सबै मार्ग बन्द

इरानले अमेरिकासँग वार्ताका सबै मार्ग बन्द गरेको छ। तेहरान टाइम्सका अनुसार अब प्रत्यक्ष र परोक्ष माध्यमबाट सबै सम्पर्क बन्द गरिएको छ। रिपोर्टमा दुवै देशबीच कुनै पनि प्रकारका सन्देश आदान–प्रदानसमेत रोकिएको उल्लेख गरिएको छ।

कतारको चेतावनी

कतारले मंगलबार मध्यपूर्वको अवस्था यस्तो मोडमा पुगेको छचेतावनी दिएको छ । युद्धले अवस्था नियन्त्रण बाहिर जान सक्ने चेतावनी उसले दिएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षलाई अवस्था थप बिग्रिनुअघि युद्धको समाधान खोज्न अपिल गरिएको बताए।

अमेरिकाले तोकेको समयसीमा अघि तनाव कम हुन सक्छ कि भन्ने प्रश्नमा उनले स्थिति नियन्त्रण बाहिर जानुअघि समाधान खोज्ने प्रयास भइरहेको बताए।

कतारले इरानसँग हुने कुनै पनि सम्झौता क्षेत्रीय देशहरूको सहमतिमा हुनुपर्ने र कसैलाई बाहिर नराखिनुपर्ने स्पष्ट गरेको छ।

कतारले क्षेत्रीय सुरक्षाका लागि साझा व्यवस्था बनाउने प्रस्ताव पनि गरेको छ, जसमा अन्तर्राष्ट्रिय ग्यारेन्टी र अन्तर्राष्ट्रिय कानूनको पालना हुनुपर्ने बताइएको छ। यसका साथै कतारले हाल अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको छैन भन्ने स्पष्ट पारेको छ।

प्रवक्ताले स्ट्रेट अफ होर्मुज कुनै एक देशको नियन्त्रणमा नभएको र यसलाई कुनै एक देशको हितका लागि प्रयोग गर्न नहुने पनि बताएका छन्।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : ३१ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी