२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले महाकालीमा पुल निर्माण गर्ने भन्दै चन्दा उठाए । लाखौँ रकम जम्मा भइसकेको जानकारी उनले आफ्नै फेसबुकबाट पनि दिएका छन् । दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी पुल निर्माण गर्ने उनको घोषणा थियो ।
अहिले साम्पाङको उक्त कार्यको चौतर्फी आलोचना भइरहेको छ भने उनका समर्थकहरूले भने खुसी साटिरहेकै छन् । नेपाल–भारत सीमा नदी महाकालीमाथि पुल बनाउने उनको घोषणाले एकलौटी पुल बन्न नसक्ने धेरैको भनाइ थियो ।
एमालेका सांसद गणेश ठगुन्ना दार्चुलाकै हुन् । उनले हर्कको यो कामलाई हावा र स्टन्ट भएको टिप्पणी गरेका छन् । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले पनि हर्कलाई विभिन्न सुझाव सुझाएका छन् ।
हर्कले आज मंगलबार दार्चुलामा पुलको शिलान्यास समेत गरिसकेका छन् । तर उनले पुल शिलान्यास महाकालीमा हैन घट्टे खोलामा गरेका हुन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले हर्कले पुल शिलान्यास महाकालीमा नभई घट्टे खोलामा गरेको जानकारी दिए । उनका अनुसार व्यास गाउँपालिका २ दुम्लिङकाठामा पुल शिलान्यास गरिएको छ । यो नेपाल र भारतको सीमा नदी होइन ।
व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले पनि घट्टे खोलामा यसअघि काठे पुल छ । त्यहीँ हर्कले आज पक्की पुल बनाउने भन्दै शिलान्यास गरे ।













प्रतिक्रिया