न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज खोल्न राष्ट्रसंघमा ल्याइएको प्रस्ताव असफल भएको छ।
रुस र चीनले यसमा भिटो प्रयोग गरेर असफल बनाइदिएका हुन्। मिडिया रिपोर्टअनुसार उक्त प्रस्तावमा कुनै पनि प्रकारको सैन्य कारबाहीको कुरा उल्लेख गरिएको थिएन।
यो प्रस्ताव अमेरिकी इच्छाअनुसार बहराइनको तर्फबाट ल्याइएको थियो। अल जजीराको रिपोर्टअनुसार विभिन्न देशहरू प्रस्तावका केही बुँदासँग सहमत नभएपछि पछिल्लो दुई हप्तामा यसलाई करिब ६ पटक संशोधन गरिएको थियो।
राष्ट्रसंघमा स्ट्रेट अफ होर्मुज मतदान भएको थियो । अल जजीराको रिपोर्टअनुसार रुस, चीन र फ्रान्स प्रस्तावका केही बुँदासँग सहमत थिएनन् । त्यसलाई रोक्न सक्ने सम्भावना भएपछि पछिल्लो दुई हप्तामा प्रस्तावलाई ६ पटक संशोधन गरिएको थियो।
नयाँ मस्यौदामा होर्मुज जलडमरूमध्य प्रयोग गर्ने देशहरूले आपसमा समन्वय गरेर काम गर्ने उल्लेख गरिएको थियो । आवश्यक परे जहाजहरूको सुरक्षा पनि आफैंले गर्न सकिने व्यवस्था राखिएको थियोे, ताकि मार्ग सुरक्षित रहोस्।
यसका साथै कुनै पनि देशले यो समुद्री मार्ग बन्द गर्ने वा अवरोध सिर्जना गर्ने प्रयास नगर्नुपर्ने पनि प्रस्तावमा थियो ।













प्रतिक्रिया