यूएईमा घाइते भएका नेपाली खतरामुक्त « Khabarhub

यूएईमा घाइते भएका नेपाली खतरामुक्त


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली नागरिक खतरामुक्त रहेका नेपाली महावाणिज्यदूतावास, दुबईले जनाएको छ।

यही अप्रिल ५, २०२६ आइतबार साँझ युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका ती नेपाली नागरिकको खतरामुक्त अवस्थामा उपचार भइरहेको महावाणिज्यदूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली महावाणिज्य दूतावास दुबईका अनुसार अस्पतालमा गई उनलाई भेटिएको, स्वास्थ्य स्थितिको जानकारी लिइएको र नेपालमा सम्बन्धित परिवारसँग सम्पर्क गरी अवस्थाको जानकारी गराइएको छ।

हाल मध्यपूर्वमा विकसित परिस्थितिको सन्दर्भमा युएईमा रहेका नेपाली नागरिकहरूलाई युएई सरकारले जारी गरेको सुरक्षा सम्बन्धी सूचना तथा मार्गदर्शनहरुको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।

साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा भर पर्न र त्यसैअनुसार सचेत रहन समेत नेपाली महावाणिज्यदूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १० : ५६ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको