आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा « Khabarhub

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार राति हैदराबादमा सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ३३ रनले हराउँदै हैदराबाद विजयी भएको हो ।

हैदराबादले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय २ रनमा समेटियो ।

पञ्जाबका कुपर कोनोलीले अविजित १ सय ७ रनको शानदार शतक पार गरे । यस्तै, आर्कुश स्टोइनिसले २८ र सुर्यांशले २५ रन जोडे ।

हैदराबदका प्याट कमिन्स र शिवाङ कुमारले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । हैदराबादका हेनरिक क्लासेनले सर्वाधिक ६९ र इशान किशनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, ट्राभिस हेडले ३८, अभिषेक शर्माले ३५ र कुमार रेड्डीले २९ रन बनाए ।

यो जितसँगै ११ खेलबाट सनराइजर्स हैदराबाद १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको पञ्जाब किङ्स १३ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ६ : ४० बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले