सैन्य तनावको एक वर्षपछि पाकिस्तानलाई मोदीको चेतावनी : आतंकवादविरुद्ध भारत अझै कठोर « Khabarhub

सैन्य तनावको एक वर्षपछि पाकिस्तानलाई मोदीको चेतावनी : आतंकवादविरुद्ध भारत अझै कठोर


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र पाकिस्तानबीच गत वर्ष भएको भीषण सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन् । 

उनले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गरेका छन्

गत वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको घातक आक्रमणपछि दुई आणविक शक्तिसम्पन्न छिमेकी मुलुकबीच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो । उक्त घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए । 

भारतले आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो, तर इस्लामाबादले त्यसलाई अस्वीकार गरेको थियो ।

त्यस घटनापछि नयाँदिल्ली र इस्लामाबादबीच कूटनीतिक तनावका साथै प्रत्यक्ष सैन्य टकरावसमेत बढेको थियो । भारतले मे ७, २०२५ मा पाकिस्तानभित्र रहेका ‘आतंकवादी शिविर’ माथि लक्षित सैन्य कारबाही गरेको घोषणा गरेपछि अवस्था अझ विस्फोटक बनेको थियो । त्यसपछि दुवै देशबीच हवाई आक्रमण, ड्रोन आक्रमण तथा सीमावर्ती क्षेत्रमा भारी मोर्टार प्रहार भएका थिए ।

भारतीय सेनाले सञ्चालन गरेको उक्त कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । बिहीबार सो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले जारी गरेको वक्तव्यमा भारत आतंकवादविरुद्धको सङ्घर्षबाट पछि नहट्ने बताएका हुन् ।

उनले ‘आतंकवादलाई परास्त गर्ने र त्यसलाई सहयोग गर्ने सम्पूर्ण इकोसिस्टम ध्वस्त पार्ने हाम्रो संकल्प अझै दृढ छ’ भने। मोदीले पहलगाममा मारिएका निर्दोष नागरिकको स्मरण गर्दै आक्रमणकारीलाई ‘उचित जवाफ’ दिइएको उल्लेख गरे।

मोदी सरकारले ‘सिन्दूर’ शब्दलाई विशेष प्रतीकका रूपमा प्रयोग गरेको थियो । हिन्दू महिलाले विवाहपछि कपालमा लगाउने रातो रङको सिन्दूरलाई सरकारले पहलगाम आक्रमणमा श्रीमान् गुमाएका महिलाहरूको पीडासँग जोड्दै प्रतिशोध र राष्ट्रिय भावनाको प्रतीक बनाएको थियो ।

प्रधानमन्त्री मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकहरूको ‘साहस र वीरता’ लाई सम्मान गर्ने बताए । उनले देशको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याए।

गत वर्षको चार दिने सैन्य तनावमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिएका थिए । पाकिस्तानले त्यस समयमा भारतीय वायुसेनाका पाँच लडाकू विमान खसालेको दाबी गरेको थियो । तीमध्ये तीनवटा अत्याधुनिक फ्रान्सेली राफेल विमान रहेको इस्लामाबादको भनाइ थियो । भारतले भने आफ्ना विमान क्षतिग्रस्त भएकोबारे कुनै औपचारिक पुष्टि गरेको छैन ।

दुवै देशबीच बढ्दो सैन्य तनाव अन्ततः मे १० मा युद्धविराममा पुगेर रोकिएको थियो । उक्त युद्धविरामबारे सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ नेटवर्कमार्फत घोषणा गरेका थिए । त्यसको केही समयपछि भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरेका थिए ।

यद्यपि भारतले त्यसयता युद्धविराम अमेरिकाको मध्यस्थतामा नभई इस्लामाबादसँग प्रत्यक्ष संवादमार्फत भएको दाबी गर्दै आएको छ । नयादिल्लीले काश्मीर र सुरक्षा सम्बन्धी विषयलाई दुई देशबीचको द्विपक्षीय मुद्दाका रूपमा मात्रै हेर्नुपर्ने अडान दोहो¥याउँदै आएको छ ।

एक वर्षपछि पनि भारत–पाकिस्तान सम्बन्ध सामान्य बन्न सकेको छैन । सीमापार आतंकवाद, काश्मीर विवाद र सैन्य अविश्वासका कारण दुवै देशबीच तनाव कायम रहेको विश्लेषकहरूको भनाइ छ । 

मोदीको पछिल्लो वक्तव्यले भारतले सुरक्षा र आतंकवादको मुद्दामा आफ्नो कठोर नीति परिवर्तन नगर्ने स्पष्ट संकेत दिएको मानिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  १२ : ४० बजे

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का

होल्डिङ सेन्टरबाट सुकुम्वासीको गुनासो- सरकारले समान समेत निकाल्न दिएन

काठमाडौं– सरकारले खोला किनारका सुकुम्वासी बस्ती हटाएपछि सयौँ परिवार अहिले

म्याग्दीबाट इजाजत नभएका बन्दुक बरामद

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान

सैन्य तनावको एक वर्षपछि पाकिस्तानलाई मोदीको चेतावनी : आतंकवादविरुद्ध भारत अझै कठोर

नयाँदिल्ली– भारत र पाकिस्तानबीच गत वर्ष भएको भीषण सैन्य तनावको

काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु

काठमाडौं– दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै