हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार « Khabarhub

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरूको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो ।

बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु हिमपातका कारण बारागुङ मुक्तिक्षेत्र–२ स्थित चिसापानी भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसकी अलपत्र परेका थिए । उनीहरूको बुधबार साँझ उक्त स्थानबाट सकुशल उद्धार गरिएको नेपाली सेनाको इन्द्रबक्स गणले जनाएको छ ।

यसअघि राउण्ड अन्नपूर्ण चर्कीय पदमार्गअन्तर्गत मनाङदेखि थोरङपास हुँदै मुस्ताङ प्रवेश गर्दै गरेका भारतीय दुई पदयात्री हिमपातका कारण पदमार्ग पहिल्याउन नसकी अलपत्र परेको सूचना भारतीय पदयात्री मित्र बिन्दुद्वारा जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई जानकारी गराइएको थियो ।

संयुक्त उद्धार टोलीले हिमपात भइरहेको स्थान बारागुङ मुक्तिक्षेत्र–१ थोरङ्पासको तल्लो क्षेत्र ड्रम क्याम्पबाट साँझ करिब ८ बजे फेला पारी सकुशल उद्धार गरेको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ३ : ४४ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत