सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण « Khabarhub

सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– भारतसँग खुला सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्ला दिनमा सुरक्षाकर्मीले सीमा नाका जाँचमा कडाइ गरेपछि तस्करी नियन्त्रणमा आएको छ । 

सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्रमा जाँमा कडाइ गरेपछि तस्करी नियन्त्रण भएको भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए ।

संगठित तस्करी नरोकिएको जनगुनासो बढेपछि प्रहरीले सीमावर्ती मटिहानी, पर्सापतैली, बिसनपुर, मसुरपट्टी, धबौली, मलिवारा, नैन्ही, हलखोरी, बथनाहा, मरुवाही, सकरी, कट्टी कटैया, सङ्ग्रामपुर, सम्सी, रघुनाथपुर, खैरबन्नीलगायत भारतीय सीमा क्षेत्रमा सक्रियता बढाएको छ । प्रहरीले तस्करी रोकेपछि भारतको सीतामढी र मधुबनी जिल्लाका प्रहरीले ती नाकामा कडा निगरानी गर्न थालेका भन्सार कार्यालयले जनाएको छ । 

.यसैबीच, सीमा नाकामा तस्करी रोकिएपछि नेपाली बजारमा उपभोग्य वस्तुको बिक्रीवितरण बढ्नुका साथै मूल्य आकासिँएको स्थानीय बताउँछन् । साथै नाकामा कडाइ गरिएपछि सरसामान किनमेल गर्न सीमापारी (भारतीय बजार) जाने क्रम घट्न थालेको स्थानीय व्यापारी बताउँछन् ।

यसअघि भारतीय बजार मूल्यको हाराहारीमा सामान पाइने यहाँका बजारमा अहिले १५ देखि १७ प्रतिशतले दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । सीमा नाकामा प्रहरीद्वारा गरिएको कडाइले महँगी बढ्नुका साथै बजारमा उपभोग्य वस्तुको अभाव देखिन थालेको व्यापारीको भनाइ छ ।

चोरी पैठारी नियन्त्रणको क्रममा सशस्त्र प्रहरीले गत चैत १३ गतेदेखि हालसम्म गरिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए । सीमा नाकामा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको २४ घण्टे गस्ती र कडा निगरानी बढाएको सुरक्षा निकायले जनाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ५ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको