आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का « Khabarhub

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल ब्रेक गर्दा उनको ड्राइभर बनेको कारण बदनाम बनेका छन् ।

सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई जेन–जी आन्दोलनको आडमा त्यहाँबाट उम्काउन राष्ट्रिय कलाकारको संलग्नताको विषयलाई समान्य मान्न नमिल्ने कोणबाट चर्चा भइरहेको छ । रामकृष्ण यही घटनाबाट बदनाम छन् ।

त्यहीकारण, यही साताबाट प्रदर्शनमा आउन लागेको रामकृष्णको लगानी रहेको फिल्म बहिस्कारको चर्चा चलेको छ ।
यो बहिस्कारको कारण– रामकृष्णको हर्कत त भइ नै हाल्यो । जसमा रवि पनि जोडिए ।

अहिले रामकृष्णलाई सामाजिक सञ्जालमा एक समूहले ‘खरानी ग्याङको ड्राइभर’ ट्याग लगाइदिएको छ ।

दशकौँ संगीत साधना गरेर बनाएको छविमा ‘ड्राइभर’ बनेर रामकृष्ण आफैँले हिलो छ्यापे ।

रामकृष्णको फिल्मको बुधबार राखिएको प्रिमियरमा रवि पनि पुगे । समयमै पुगेर ढुक्कले फिल्म हेरिसकेपछि रवि निस्किए ।

फिल्म बहिस्कारको शिकार नभएको भए रवि प्रिमियरमा सायदै जान्थे । तर, यहाँ जानै पर्ने कर लाग्दो अवस्था थियो ।

पुरानो साथीको फिल्म प्रिमियरमा रवि जानु स्वभाविक नै हो । तर, उनी व्यस्ताता व्यवस्थाप नै गर्न बाध्य भए । कारण–आफ्नै कारण साथीको फिल्म बहिस्कारको भूमरीनजिक छ ।

जेन–जी आन्दोलनको भयाभय स्थितिमा आफूलाई घर पुर्‍याउन ज्यान र नामको जोखिम मोलेर ‘ड्राइभर’ बनेका रामकृष्णलाई राम्रै मस्का लगाए ।

फिल्म हेरेपछि रामकृष्णबारे सामाजिक सञ्जालमा भएका टिप्पणीबारे रविले भने, ‘रामकृष्ण ढकाल इतिहासमा नमेटिने अमर नाम हो । यो अमर नाममा हिलो छ्यापेर कसैलाई खुसी मिल्छ भने खुसी हुन दिनुस् ।’

सतारुढ दलको सभापतिले यतिसम्म पनि बिर्सिए कि– आफैँ सहकारी ठगीको आरोपी हुँ ।

उनले यो पनि सोचेनन् कि– आन्दोलनको आडमा बाहिर कारागारबाट निस्किएको गम्भीर अपराधको आरोपीलाई घर पुर्‍याउँदा एउटा राष्ट्रिय कलाकार ड्राइभरको भूमिकामा देखिनु बदनाम हुन पर्याप्त विषय हो ।

आफ्नो कारण रविले रामकृष्णको छविमा हिलो लागेको देखेनन् । सचेतनापूवर्क आएको टिप्पणीलाई हिलो देखे ।

रविले भने, ‘आफ्नो मिहिनेत, परिश्रम, आवाजले यति ठूलो नाम, प्रतिष्ठा कमाएको एउटा व्यक्तिलाई कुनै एउटा कुराले अपमानित गर्न पाउँदा कोही खुसी हुन्छ भने उनीहरूलाई सुखी हुन दिनुस् ।’

कस्तो तर्क हो यो ? देशको असामान्यमा परिस्थितिको फाइदा लिएर जेलबाट निस्किएको सहकारी ठगीको आरोपीलाई बासस्थानमा पुर्‍याउन रामकृष्ण प्रयोग भएकामा उनीहरूको आपत्ति हो । इज्जत र नाम कसरी बनेको छ त्यो दोस्रो कुरा हो । पहिलो बदनाम बन्न कसले के गर्‍यो भन्ने हो ।

रामकृष्णले दशकौँ गीत गाएर इज्जज र नाम दुवै कमाए । बदानाम हुन– जेल ब्रेक गरेका रविलाई गाडीमा हालेर घर पुर्‍याए ।

जे होस्, रामकृष्णले भदौ २४ को गुण रविले भुल्ने रहेनछन् । बरू विषयान्तर गर्न गरेर रामकृष्णलाई चोख्याए । उता रामकृष्ण चाहिँ रविले ‘अमर नाम’ भनेर तारिफ गर्दा हात जोड्दै थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ८ : १० बजे

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री