लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया « Khabarhub

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो बताएका हुन् ।

उनले लिपुलेक हुँदै मानसरोवर जाने मार्ग नयाँ नभएको र सन् १९५४ देखि नै चल्दै आएको दोहोर्याए ।

उनले भने, ‘कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि चल्दै आएको छ । यो नयाँ कुरा होइन । हामीले स्पष्ट रूपमा हाम्रो विज्ञप्तिमा भनेका छौँ कि लिपुलेक लगायतका क्षेत्रमा नेपालको एक पक्षीय दाबी ठिक छैन । बाँकी जति पनि मुद्दा भारत र नेपालबीचमा छ त्यसको लागि हामी बसेर छलफल गर्न तयार छौँ । यदि सीमा विवाद छ भने पनि हामी त्यसमा बसेर छलफल गर्न तयार छौँ । तर, यसरी एकतर्फी दाबी गर्नु, फलानो चिज हाम्रो हो भन्नु तरिका ठिक होइन ।’

भारत र चीनले जुनदेखि अगष्टसम्म भारत नियन्त्रित नेपाली भूमि लिपुलेक हुँदै तीर्थयात्रा सुचारु गर्न लागेपछि नेपालले आपत्ति जनाएको थियो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै लिपुलेकबाट तीर्थ सुरु गर्ने कार्यको विरोधमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो ।

परराष्ट्रले विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको जनाएको थियो ।

नेपालले विज्ञप्ति जारी गरेलगत्तै भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै लिपुलेक आफ्नो भएको दाबी गरेको थियो । यसबारे चीनले भने कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ९ : २५ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको