मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई जना पक्राउ


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको उर्लाबारीबाट प्रहरीले मलद्वारमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–७ गोलचोकमा सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले प्र १-०२-०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार श्रेष्ठको मलद्वारबाट प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम र गुरुङको मलद्वारबाट ९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनीहरू दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १० : ३० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी