विद्यार्थी समस्याबारे ध्यानाकर्षण गराउन माइतीघरमा सडक नाटक « Khabarhub

विद्यार्थी समस्याबारे ध्यानाकर्षण गराउन माइतीघरमा सडक नाटक


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थीहरूले भोगिरहेका शैक्षिक, आर्थिक तथा रोजगारीसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन काठमाडौंको माइतीघरमा सडक नाटक प्रदर्शन गरिएको छ ।

सिभिक इनोभेसन स्पेसको आयोजनामा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको सडक नाटकमार्फत स्वदेशमा अध्ययनरत विद्यार्थीहरूले भोगिरहेका विभिन्न समस्यालाई प्रस्तुत गरिएको हो । 

नाटकमा विद्यार्थीहरूको आर्थिक अवस्था, उच्च शिक्षाको पहुँच, सीपमा आधारित शिक्षाको अभाव, अध्ययनपछि रोजगारीको अनिश्चितता तथा बढ्दो ब्रेन ड्रेनका विषयलाई उठान गरिएको थियो ।

प्रदर्शनका क्रममा दक्ष तथा सीपयुक्त युवाहरूलाई आफ्नै देशमा अवसर सिर्जना गर्नुपर्ने, विद्यार्थीमैत्री नीति ल्याउनुपर्ने तथा पार्टटाइम रोजगारीको वातावरण निर्माण गर्न राज्यले पहल गर्नुपर्ने सन्देश दिइएको थियो सहभागीहरूले शिक्षा प्रणालीलाई श्रम बजारसँग जोड्दै युवाहरूलाई देशमै भविष्य देख्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

नाटकमार्फत शिक्षित युवाहरू बिदेसिन बाध्य हुने अवस्थाको अन्त्य गर्न शिक्षा, सीप विकास र रोजगारीबीच प्रभावकारी सम्बन्ध स्थापना गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । 

युवाको क्षमता र सीपलाई स्वदेशमै उपयोग गर्न सकिने वातावरण निर्माणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १ : ४० बजे

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा