मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर « Khabarhub

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो । 

चराविद् हठन चौधरी र सुरज बरालले चरा अवलोकनका क्रममा यही जेठ २१ गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारमा यस चराको अभिलेख गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

चरा अवलोकनका क्रममा वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी आंशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी थिए । उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडेभ्याकुरकोे पहिलो अभिलेख गरिएको हो । 

नेपाल पन्छीविद् सङ्घ र मिथिला ‘वाइल्डलाइफ ट्रस्ट’को संयुक्त सहकार्यमा हाल मधेस प्रदेशका आठवटै जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ । पहिलो चरणको सर्वेक्षण जाडोयामलाई लक्षित गरी गत माघ–फागुनमा गरिएको थियो भने दोस्रो चरणमा गर्मीयाम लक्षित सर्वेक्षण हाल यही जेठ १८ गतेदेखि सुरु गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा पर्सा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र मधेस प्रदेशका आठै जिल्लाका डिभिजन वन कार्यालयहरूसँग समन्वय गरी सर्वेक्षण सुरु भएको जनाइएको छ ।

काँडेभ्याकुर नेपालमा मात्र पाइने रैथाने चरा हो । प्रायः पहाडी क्षेत्रमा बढी पाइने यो चरा यसअघि सात प्रदेशमा अभिलेख भइसकेको छ । अब बारा जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका सातवटै प्रदेशमा पुष्टि भएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  २ : १० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी