गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह « Khabarhub

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् । 

यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ । दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाअध्यक्ष फुनिसिंह बोहराले जानकारी दिए । 

‘दलित समुदायको बसोबास रहेकाले त्यहाँ पहिलेका मानिसले होच्याउने गरी टोलको राखेका थिए, त्यसलाई परिवर्तन गरी सिर्जना टोल राखेका छौँ’, अध्यक्ष बोहराले भने, ‘त्यस बस्तीका मानिसले कलाकौशलबाट विभिन्न सामग्री सिर्जना गर्ने भएकाले सिर्जना टोल राखेका हौँ ।’

अभियानअन्तर्गत हालसम्म २२ वटा गाउँको नाम परिवर्तन गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरिएपछि स्थानीयले आत्मसम्मान महसुस गरेका उनले बताए । 

स्थानीयले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन् । ‘वर्षौंपछि गाउँका नाम परिवर्तन गरिएका छन्, पहिले आफ्नो गाउँको भन्नसमेत असहज हुन्थ्यो, हाल केही सहज महसुस भएको छ’, पाटन–६ का स्थानीय राजु भुलले भने। 

जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अपमानित हुने नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको प्रवक्ता दिनेशप्रसाद भट्टले जानकारी दिए । 

‘स्थानीयसँग समन्वय गर्दै गाउँको नाम फेर्न प्रस्ताव माग गर्नुका साथै छलफल अघि बढाएका छौँ, यसै वर्षभित्र यहाँका धेरै गाउँका नाम परिवर्तन गर्ने योजना बनाएका छौँ’, उनले भने। 

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ५ : १३ बजे

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा