कीर्तिपुरको होल्डिङ सेन्टरमा जन्मेको शिशुलाई निमोनिया, आईसीयूमा उपचार हुँदै « Khabarhub

कीर्तिपुरको होल्डिङ सेन्टरमा जन्मेको शिशुलाई निमोनिया, आईसीयूमा उपचार हुँदै


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा जन्मिएका एक नवजात शिशुमा निमोनिया संक्रमण देखिएको छ । केही दिनअघि जन्मेका शिशुमा कडा किसिमको निमोनिया देखिएको हो ।

हाल शिशुको थापाथलीस्थित प्रसूति गृहको आईसीयूमा उपचार भइरहेको छ । केही दिनअघि स्वस्थ रूपमा जन्मिएका शिशुमा अचानक कडा खालको निमोनिया देखिएपछि उनलाई नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत शिशुको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गएको अस्पतालका एक कर्मचारीले खबरहबलाई जानकारी दिए ।

आफू सञ्चार माध्यमसँग कुरा गर्ने आधिकारिक व्यक्ति नभएको बताएपछि खबरहबले ती कर्मचारीको नाम गोप्य राखेको छ ।

आफन्तहरूका अनुसार उपचारपछि शिशुको स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिएको छ र अवस्था पहिलेभन्दा धेरै राम्रो बनेको छ । सानै उमेरमा शल्यक्रियामार्फत बच्चा जन्मिएको र त्यसमाथि आमाले पोषिलो खानेकुराहरु केही खान नपाएको आफन्तहरुको गुनासो छ ।

राधास्वामी सत्संग भित्रै होल्डिङ सेन्टर भएकाले माछा, मासु, अण्डा जस्ता पोषिलो खानेकुराहरु खान नपाएकाले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था कमजोर बनेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ६ : २४ बजे

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक