रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन « Khabarhub

रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका छन् । हालैमात्र भारत भ्रमणबाट फर्किएका लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार भेट भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार भेटमा भ्रमणका विषयमा प्रधानमन्त्रीलाई लामिछानेले जानकारी गराएका थिए ।

त्यसपछि लामिछानेले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई बैठकका लागि आह्वान गरेका हुन् ।

बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेक्रकमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिएपछि विपक्षी दलले संघीय संसद्का दुवै सदनमा बैठक सञ्चालनमा अवरोध गर्दै आइरहेका छन् ।

सभामुख डीपी अर्यालले पनि बैठक स्थगित भएको ५ दिन भइसक्दासमेत दलका प्रतिनिधिसँग एक पटक पनि छलफल गरेका छैनन् ।

विपक्षी दलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ९ : ३४ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट