आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६ जुलाई ७ तारिख। असार कृष्ण पक्षको सप्तमी तिथि । गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन त्यति राम्रो छैन। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपुरो हुनेछ। खानामा अरुची बढ्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ।

वृष : दिन राम्रो छ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : शुभ दिन छ। बोली र व्यवहारमा एकरुपमा हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दुख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

कर्कट : बोलीको प्रभावले काम बन्नेछ । धर्मकर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मन शान्त बन्ने दिन छ ।

सिंह : हिनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ती मिल्नेछ। अप्रिय खबर आउनसक्छ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ।

कन्या : धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ती मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

तुला :  बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । खर्च गर्दा सचेत हुनुपर्ने दिन छ । 

वृश्चिक : डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्र बढ्नेछन्। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाईको विरुद्ध लाग्नेहहरु सक्रिय हुनेछन।

धनु : मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अड्चन आउन सक्छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको तपाईको प्रयास सफल हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले मनमा खटपटी आउनेछ।

मकर : संचित धन खर्च हुने दिन छ। खर्च बढेपछि इज्जत बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा भने अवरोध बढ्नेछ। सतर्क हुनुपर्ने दिन छ।

कुम्भ : धार्मिक कार्यको सहभागीताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालिन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ।

मीन : शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या हुने सम्भावना छ।  काम गर्दा सचेत हुन नसके शत्रु बढ्नेछन्।   गणेश भगवानको आरधना गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : १२ बजे

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण