अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि « Khabarhub

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २–१ को रोमाञ्चक अग्रता बनाएको छ । बेल्जियमका लागि युवा स्ट्राइकर चार्ल्स डी केटेलारेले दुई उत्कृष्ट गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका हुन् ।

खेलको नवौँ मिनेटमा एन. रास्किनको पासलाई सदुपयोग गर्दै डी केटेलारेले गोल गरी बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि आक्रामक बनेको अमेरिकाका लागि ३१ औँ मिनेटमा एम. टिलम्यानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

अमेरिकाको त्यो खुसी धेरै समय टिक्न पाएन । बराबरी गोल भएको दुई मिनेट बित्न नपाउँदै ३३ औँ मिनेटमा बेल्जियमले पुनः खेलमा अग्रता लियो । लियोन्द्रो ट्रोसार्डको उत्कृष्ट क्रसमा डी केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–१ को स्थितिमा पुर्‍याए ।रोमाञ्चक खेलको पहिलो हाफ सकिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : ५४ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी