अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि « Khabarhub

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २–१ को रोमाञ्चक अग्रता बनाएको छ । बेल्जियमका लागि युवा स्ट्राइकर चार्ल्स डी केटेलारेले दुई उत्कृष्ट गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका हुन् ।

खेलको नवौँ मिनेटमा एन. रास्किनको पासलाई सदुपयोग गर्दै डी केटेलारेले गोल गरी बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि आक्रामक बनेको अमेरिकाका लागि ३१ औँ मिनेटमा एम. टिलम्यानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

अमेरिकाको त्यो खुसी धेरै समय टिक्न पाएन । बराबरी गोल भएको दुई मिनेट बित्न नपाउँदै ३३ औँ मिनेटमा बेल्जियमले पुनः खेलमा अग्रता लियो । लियोन्द्रो ट्रोसार्डको उत्कृष्ट क्रसमा डी केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–१ को स्थितिमा पुर्‍याए ।रोमाञ्चक खेलको पहिलो हाफ सकिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : ५४ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक