रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए « Khabarhub

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि विश्वकपको मञ्च यसपटक पनि सुखद रहन सकेन । इतिहास आफैँमा क्रूर हुन्छ भनिन्छ, रोनाल्डोका लागि स्पेन त्यस्तै तगारो बनिदियो । २०१० मा करियरको उचाइतर्फ बढ्दै गर्दा स्पेनसँग खाएको हन्डर, २०२६ मा करियरको अन्त्य गर्दा पनि पोर्चुगल र रोनाल्डोका लागि अभिशाप साबित भयो ।

विश्वकपमा स्पेनसँग १–० गोल अन्तरले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । यो हारसँगै ४१ वर्षीय स्टार स्ट्राइकर रोनाल्डोले विश्वकपको अन्तिम खेल भएको घोषणा गरेका छन् ।

फुटबल वृत्तमा यस हारलाई रोनाल्डो र पोर्चुगलको ‘पुरानै नियति’ का रूपमा हेरिएको छ । १६ वर्षअघि दक्षिण अफ्रिकामा भएको २०१0 को विश्वकपमा पनि पोर्चुगलको यात्रालाई स्पेनले नै पूर्णविराम लगाइदिएको थियो ।

सन् २०१० को विश्वकप र अहिलेको खेलमा नतिजा मात्र होइन, पोर्चुगलको पीडा पनि उस्तै देखिएको छ ।

सन् २०१0 को विश्वकपको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० गोल अन्तरले नै पराजित भएको थियो । त्यतिबेला स्पेनका लागि डेविड भियाले ६३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । यसपटक पनि पोर्चुगल त्यही १–० को कसिलो अन्तरमै रोकिन पुग्यो ।

२०१० मा २५ वर्षका युवा रोनाल्डो टोलीको कप्तानी सम्हाल्दै पहिलोपटक विश्वकपमा ठूलो प्रभाव छाड्ने धुनमा थिए । तर, बलियो स्पेनको रक्षापंक्ति अगाडि उनको केही सीप चलेन । सन् २०२६ मा आइपुग्दा रोनाल्डो आफ्नो खेल जीवनको उत्तरार्धमा थिए । यो उनको अन्तिम विश्वकप हुन पुग्यो ।

२०१० मा विश्वविजेता बन्ने लयमा रहेको स्पेनिस टोलीविरुद्ध पोर्चुगल दबाबमा देखिएको थियो । यसपटक पनि स्पेनको युवा र सन्तुलित टोलीविरुद्ध पोर्चुगलले गोल फर्काउन सकेन । १६ वर्षअघि खेल सकिएपछि मैदानमै थुकेर निराशा पोखेका रोनाल्डो यसपटक भने भावुक बन्दै आँसुसहित मैदानबाट बाहिरिए ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : ३६ बजे

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको