रोनाल्डोको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट « Khabarhub

रोनाल्डोको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको आँसु थामिएन ।

स्पेनविरुद्ध हारको पीडासहित बाध्यात्मक बहिर्गमनमा धकेलिएका रोनाल्डो स्वयं भावुक भए । तर, आश्चर्य चाहिँ उनकै टिममेटको चिसो व्यवहार देखियो ।

रोनाल्डो देश र व्यक्तिगत रुपमा सबै उपलब्धि पाएका खेलाडी हुन्, केबल विश्वकपबाहेक । त्यसैका लागि उनी ४१ वर्षको उमेरमा पनि मैदानमा थिए ।

रोनाल्डोका लागि स्पेनसँगको हार केबल प्रतिस्पर्धाबाट बाहिरनु मात्र थिएन । यो हार नै जुनीभरका लागि विश्वकप मैदानबाट निस्कने कारक थियो ।

दुई दशक विश्व फुटबलको केन्द्रमा रहेका, देशका लागि सर्वाधिक गोल गरेका, देशलाई जिताउने क्रममा अन्तर्राष्ट्रिय खेलमा विश्वकै सर्वाधिक गोलकर्ता बनेका र देशलाई युरोकपसहितका तीन टाइटल जिताएका रोनाल्डो विश्वकप यात्राको पीडादायक अन्तिम क्षणमा एक्लो देखिए ।

स्पेनसँग रोनाल्डोको टिम हारेपछि क्यामेराहरू रोनाल्डोतर्फ तेर्सिए । विश्वकप यात्रामा एक महान खेलाडीको पीडादायक अन्त्य हुँदा उसको अनुहारको भाव कैद गर्न फाटो पत्रकारहरू झुम्मिए ।

ठिङ्ग एक्लै उभिएर रोइरहेका रोनाल्डो फाटो पत्रकारको घेरामा परे । सहानुभूति दिन आफ्नै टिममेट पनि आएनन् ।

उनले मैदानमा यस दुखद समयमा टिममेटबाटै ढाडस नपाउनु खेलकुदको आत्मियता विपरीतको घटना थियो । रोनाल्डो भावुक देखेर आँसु खसाल्दै गरेका समर्थकलाई यो कुराले अझ पीडा दियो ।

सायद रोनाल्डोले पनि आफ्नै टिममेटबाट यो अपेक्षा गरेका थिएनन् । यसले ‘रोनाल्डो र टिमबीच राम्रो सम्बन्ध छैन’भन्ने शंकालाई थप मलजल गरेको छ ।

एक महान खेलाडीले पीडादयक अन्त्यमा आफ्नै टिममेटबाट ढाडस नपाएको यस्तो घटना विश्वकपको मैदानमा सायद देखिन्छ ।

हारपछि रोनाल्डो भावुक सुनिए । ‘यसरी बाहिरिनु पर्दा म दुःखी छु तर मैले आफ्नो सबैथोक सुम्पिएको छु, सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु,’ खेलपछि रोनाल्डोले भने, ‘म सफा मन लिएर बिदा हुँदैछु। फुटबल यही हो, एक फुटबल खेलाडीको जीवन नै यस्तै हुन्छ। कहिले जितिन्छ त कहिले हारिन्छ। अगाडि बढिरहनु पर्छ। हो, यो मेरो अन्तिम विश्वकप थियो, तर बाँकी कुराहरूको हकमा चाहिँ सोच्नका लागि, आफ्नो परिवारसँग समय बिताउनका लागि अझै समय हुनेछ, म आवेशमा आएर कुनै निर्णय लिने छैन ।’

‘म भोलि पनि त्यसरी नै ब्युँझनेछु जसरी आज ब्युँझिएको थिएँ- सफा मनका साथ। मैले आफ्नो सर्वस्व दिएँ। मैले पोर्चुगलका लागि तीनवटा उपाधि जितेँ। क्रिस्टियानो आउनुअघि पोर्चुगलले कहिल्यै कुनै ठूलो ट्रफी जितेको थिएन। राष्ट्रिय टोलीबाट मैले जितेको सबैभन्दा उत्कृष्ट ट्रफी सन् २०१६ को हो, जुन मेरा लागि विश्वकपकै स्तरको हो। त्यसैले म फेरि भन्छु- म यहाँबाट सफा मन लिएर जाँदैछु। भोलि अर्को नयाँ दिन हुनेछ र जीवन चलिरहनेछ। “

नेपाली सेलिब्रेटी पनि दुखी

नेपाली सेलिब्रेटीहरू पनि रोनाल्डोको फ्यान उल्लेख्य संख्यामा छन् । लियोनल मेस्सीका समर्थकहरूले रोनाल्डोलाई मन नपराउने प्रवृति पनि केही सेलिब्रेटीमा हाबी छ ।

तर, रोनाल्डोको यो हारमा मेस्सीका कट्टर समर्थक र अन्य टोलीका समर्थक पनि दुखी देखिन्छन् । महान् खेलाडी रोनाल्डोको बिदाइमा उनीहरू केही भावुक छन् ।

रोनाल्डोको सम्मानमा मेस्सीका कट्टर समर्थक दीपकराज गिरी भन्छन्, ‘पहिला विपक्षी हार्दा खुसी लाग्थ्यो । आजकाल विपक्षीको लागि पनि मन दुख्छ । हिजो त्यस्तै भयो ।’

रोनाल्डोका ठूला समर्थक गायक बद्री पंगेनी दुखी देखिन्छन् । ‘सबै हार्नेहरूको नाममा दुख्दै आएको यो मुटु आज अलि बढी दुख्यो । सायद माया बढी भयो ।’

अर्का गायक शिव परियार भने टिमको ट्युनिङमा समस्या रहेको बुझाइका लागि विश्वकप रेसबाट बाहिरिएका रोनाल्डोलाई सम्मान व्यक्त गर्छन् । ‘पोर्चुगल टिम अर्को पटक मज्जाले पास गर्ने संस्कार सिकेर आउनू । रोनाल्डोप्रति सदा सर्वदा सम्मान छ,’ उनी लेख्छन् ।

गायक प्रकाश सपुत पनि रोनाल्डोको फ्यान नै हुन् । विश्वकपबाट रोनाल्डाको बहिर्गमनलाई उनले ‘सफलतासँगै लेखिने एक असफल कथा’ भनेका छन् । उनी थप्छन्, ‘प्रिय सीआर सेभेन, तिमी हाम्रो युगको महान खेलाडी हौं । तिम्रो सबै सबै सफलतासँगै लेखिनेछ एउटा सफलताको कथा । जसले जीवनको वास्तविकता सम्झाइरहनेछ ।’

गायक प्रकाश दासले रोनाल्डोको विश्वकप यात्रालाई सामान्य प्रक्रिया लिएका छन् । रोनाल्डोप्रति प्रेम राख्दै उनले भनेका छन्, ‘लेजेन्ड केहिले छायाँमा पर्दैन ।’

कलाकार जितु नेपाललले रोनाल्डोको आशुलाई प्राथमिकतामा राखेर केही लाइन लेखेका छन् । ‘रुनु त अन्ततः सबैलाई पर्छ । फरक यति मात्रै हो– कोही अहिले रुन्छन् कोही फाइनलपछि । अन्तिममा हाँस्ने–रमाइलो गर्ने विजयी हुने त एउटा टिम मात्रै हो । जीवनमा समयले मानिसलाई रुवाउँदा रहेछ ।’

गायक प्रमोद खरेलले रोनाल्डोलाई लेजेन्डको संज्ञा दिँदै ‘सच्चा खेलप्रेमीले सदा मनमा राख्नेछन्’ भनेका छन् ।

नायिकाहरू केकी अधिकारी, वर्षा सिवाकोटी, गायिकाहरू रचना रिमाल र समीक्षा अधिकारीले रोनाल्डोलाई बिदाइ गर्दै मिठो स्मरण बनाइ दिएकाका धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : २३ बजे

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस