ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ « Khabarhub

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षभित्र १३२ केभी क्षमताका ९ वटा, २२० केभीका २ वटा, र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना गरी कुल १२ वटा विद्युत् प्रसारण लाइनहरूको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । 

यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्ययोजना तयार गरी अगाडि बढाइसकेको उनले बताए । उनले ऊर्जा विकाससम्बन्धी नयाँ कार्ययोजना नेपालको ऊर्जा क्षेत्रका निम्ति ’गेम चेन्जर’ हुन सक्ने विश्वास व्यक्त गरे । 

मन्त्री श्रेष्ठले संघीय संरचना अनुसार संघको कार्यक्षेत्रमा रहेको क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणालीको विकास गर्न मन्त्रालय लागिपरेको उल्लेख गरे । 

उनले सतह सिँचाइबाट सम्भव नभएका तराई–मधेशका ३ लाख १८ हजार हेक्टर कृषि योग्य जमिनमा भूमिगत जल भण्डारलाई उपयोग गरी क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणाली विकास गर्ने कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । 

यस पटक डिप ट्युबवेल निर्माण भई पम्प टेस्ट भएका करिब १६४ वटा ट्युबवेलहरूको प्रणाली निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने र थप ६६ वटा डिप ट्युबवेलहरू निर्माण हुने समेत बताए । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ३५ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस