होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी « Khabarhub

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर माथि अज्ञात प्रहार भए पछि आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले बताएको छ।

संयुक्त राज्य अमेरिका र इरान बीच युद्धविराम र स्थायी शान्ति सम्झौता सुरक्षित गर्न जारी सम्झौता बाबजुद यो घटना हुदाँ विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमा अझै सरल आवागमन सम्भव नभएको जनाइएको छ। 

युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले ओमानको लिमाहबाट आठ  माइल पूर्वमा उक्त घटना भएको बताएको छ  भने अर्को “एउटा ट्यांकरमा बन्दरगाह छेउमा अज्ञात प्रहार भए पछि  आगो लागेको रपोर्ट गरिएको छ । 

एजेन्सीले हताहत वा वातावरणीय क्षतिको कुनै रिपोर्ट नभएको बताएको छ । जहाजहरूलाई सावधानीका साथ पारगमन गर्न र कुनै पनि संदिग्ध गतिविधिको बारेमा युकेएमटीओलाई रिपोर्ट गर्न सल्लाह दिएको जनाउदै एजेन्सीले  अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी एक्सियोसले सोमबार राति इरानले “व्यापारिक जहाजहरूमा कम्तिमा दुईवटा मिसाइल प्रहार गरेको रिपोर्ट गरेको छ । 

मध्यपूर्व युद्धको समयमा होर्मुजको जलमार्ग मध्य तनावको केन्द्रमा थियो, भने इरानले जलमार्ग अवरुद्ध गर्दा धेरै व्यापारिक जहाजहरू आक्रमणमा परे भने यसको कारण विश्वव्यापी उर्जाको मूल्य तीव्र रूपमा बढाएको थियो ।

संयुक्त राज्य अमेरिकाले यसको आफ्नै नौ–सैनिक नाकाबंदीको साथ प्रतिक्रिया दियो भने तेहरानलाई व्यावसायिक ढुवानीलाई लक्षित गरेको आरोप लगाए पछि इरान विरुद्ध जबाफी आक्रमण सुरु गर्यो ।

वासिङ्टन र तेहरानले गत महिना द्वन्द्व अन्त्य गर्ने र रणनीतिक मार्ग पुनः खोल्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरे पछि समुद्री यातायात पुनः सुरु भएको थियो । 

यद्यपि, इरानले युद्धपूर्व क्षेत्रमा यस अघिको अवस्थामा फर्केर नआउने विषय प्रस्ट पारेको छ भने यस–अन्तर्गत जहाजहरू होर्मुज जलमार्गमा स्वतन्त्र रूपमा जाने बताइएको छ ।

तेहरानले आफ्नो तटवर्ती क्षेत्रमा निर्धारित गरेको कोरिडोर बाहिरका मार्गहरू प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएको छ । होर्मुजको जल–मार्ग मध्य खाडीबाट अन्तर्राष्ट्रिय बजारमा र विशेष गरी एसिया क्षेत्रमा  ऊर्जा निर्यात गर्नका लागि मुख्य समुद्री प्रवेशद्वार हो ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ३५ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली