मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री « Khabarhub

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य दायित्व भएको भन्दै मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

गृह प्रशासनलाई केवल परम्परागत सुरक्षा निकायमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने सङ्कल्प गरिएको उनले बताए ।

उनले कागजी आश्वासन र भाषणमा मात्र सीमित नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा आउने गरी आफूले काम गर्न खोजेको धारणा राखे  ।

गृहमन्त्री गुरुङले आफु जिल्ला–जिल्लामा गएर अनुगमन गरिरहेको र त्यहाँबाट प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्यहरू अगाडि बढाइने प्रतिबद्धता जनाए । 

उनले जाजरकोट र रुकुम पश्चिम भूकम्प तथा मनसुनजन्य विपद् प्रभावित घरपरिवारको आवास पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकता दिइरहेको जानकारी दिए ।

आगामी वर्षका लागि जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवनहरूको पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन गरिएको उनले बताए । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : १५ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस