गायक यम बराल अस्पताल भर्ना « Khabarhub

गायक यम बराल अस्पताल भर्ना


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर बाहिरिएको छ । यम लामो सयमदेखि विभिन्न अस्पतालमा उपचार गर्दै आएका छन् ।

वरिष्ठ कलाकार कृष्ण मल्लले भने मंगलबार उनी ल्युकेमियाबाट ग्रसित भएको जानकारी सामाजिक सञ्जाबाट दिए ।

तर, गायक निकट व्यक्तिहरू मेरुदण्डमा समस्या देखिएकाले उनको उपचार भइरहेको बताउँछन् ।

यम बराल अहिले शिक्षण अस्पातालमा उपचाररत रहेको उनी निकटहरूले बताएका छन् ।

बराल अर्का गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मातती मंगले’को प्रिमियर भ्याउने गरी नेपाल आएका थिए । वैशाख २५ मा उक्त फिल्म प्रदर्शनमा आयो । त्यही ताकाबाट उनी बिरामी भएका हुन् ।

सुरुमा ढाड दुख्ने समस्या भएपछि उनले विभिन्न अस्पतालमा उपचार पनि गराए । केही दिनको अस्पताल बसाइँपछि असहज हुँदा हुँदै पनि सार्वजनिक कार्यक्रममा उनी निस्किरहेका थिए ।

उनी अस्पताल भर्ना हुने र निस्किने क्रम चलिरहेको थियो । यही दौरान उनले एक फिल्म निर्माणको घोषणा पनि गरे ।

पछि बढी नै दुखाइ भएपछि उनी शिक्षण अस्पतालमा पुगेका हुन् । अहिले उनी त्यही उपचाररत छन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ३१ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६