गायक यम बराल अस्पताल भर्ना « Khabarhub

गायक यम बराल अस्पताल भर्ना


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर बाहिरिएको छ । यम लामो सयमदेखि विभिन्न अस्पतालमा उपचार गर्दै आएका छन् ।

वरिष्ठ कलाकार कृष्ण मल्लले भने मंगलबार उनी ल्युकेमियाबाट ग्रसित भएको जानकारी सामाजिक सञ्जाबाट दिए ।

तर, गायक निकट व्यक्तिहरू मेरुदण्डमा समस्या देखिएकाले उनको उपचार भइरहेको बताउँछन् ।

यम बराल अहिले शिक्षण अस्पातालमा उपचाररत रहेको उनी निकटहरूले बताएका छन् ।

बराल अर्का गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मातती मंगले’को प्रिमियर भ्याउने गरी नेपाल आएका थिए । वैशाख २५ मा उक्त फिल्म प्रदर्शनमा आयो । त्यही ताकाबाट उनी बिरामी भएका हुन् ।

सुरुमा ढाड दुख्ने समस्या भएपछि उनले विभिन्न अस्पतालमा उपचार पनि गराए । केही दिनको अस्पताल बसाइँपछि असहज हुँदा हुँदै पनि सार्वजनिक कार्यक्रममा उनी निस्किरहेका थिए ।

उनी अस्पताल भर्ना हुने र निस्किने क्रम चलिरहेको थियो । यही दौरान उनले एक फिल्म निर्माणको घोषणा पनि गरे ।

पछि बढी नै दुखाइ भएपछि उनी शिक्षण अस्पतालमा पुगेका हुन् । अहिले उनी त्यही उपचाररत छन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ३१ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस