भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी « Khabarhub

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो । स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।

संस्थाले विसं २०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा बिमामार्फत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ । गत आर्थिक वर्षमा रु चार लाख ४१ हजार पटक बिमा सेवा दिएको अस्पतालले यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पटक सेवा दिएको छ ।

अस्पतालमा चितवन, मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ जिल्लाभन्दा बढी स्थानबाट बिरामी बिमामार्फत सेवा लिन आउने गर्छन् । प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिमाका बिरामीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा सूची घटाउने गरी काम गरिरहेको बताए ।

भिडियो एक्सरेको एक हप्ताको सूची घटाएर प्रतीक्षा गर्न नपर्ने बनाइएको छ । सिटी मेसिनमा समस्या आएपछि मर्मत नभएसम्मका लागि निजी अस्पतालसँग सहकार्य गरेर बिमाको दररेटमा सेवा दिइएको उनले बताए । अनलाइनमार्फत टिकट काट्ने व्यवस्था पनि मिलाइएको छ ।

दैनिक झण्डै २०० हाराहारीले अनलाईनमार्फत टिकट काट्न थालेका छन् । यो सङ्ख्या ४०० हाराहारी पुग्ने अनुमान छ । अस्पतालले आठ वटाबाट नगद काउन्टर बढाएर १० पुर्‍याएको छ । बगालेले भने, “अस्पतालमा आउने बिरामी प्रतीक्षा सूचीमा बस्न नपरोस् भनेर काम गरिरहेका छौँ ।”

बोर्डले पछिल्लो समय जारी गरेको औषधि र सेवा शुल्क कतिपयमा खरिदभन्दा निकै कम हुँदासमेत सेवा दिइरहेको उनले बताए । बिमाको नयाँ शुल्कसँगै बहिरङ्ग सेवामा रु २५ हजारसम्मको सेवा लिँदा पहिलेको तुलनामा मूल्य घटेपछि अहिले निकै बढी औषधि र सेवा लिने अवसर बिरामीले पाएका छन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ५४ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली