हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु « Khabarhub

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागमती- लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढेको छ ।

सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।

उद्योग विसं २०३२ मा स्थापना भएको थियो । विसं २०३५ देखि विसंं २०५६ सम्म कपडा उत्पादन भइ विसं २०५७ देखि उद्योग बन्द भएको थियो ।

यसवर्ष सरकारले उद्योगको पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढाइरहेको उनले बताए । कपडा उद्योगसँगै बुटवल धागो र बाँकेको कपास उत्पादन कारखाना पनि बन्द छन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ५९ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस