देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना « Khabarhub

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ भने हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ६ : २६ बजे

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको