समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन « Khabarhub

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएको बताएका छन् ।

धवलागिरी गाउँपालिका समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री र वस्तुको उत्पादन गरी रोजगारी सिर्जना तथा आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताए ।

‘ओझेलमा परेको अनुसन्धान र आविष्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ,’ म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले भने, ‘देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ ।’

कार्यक्रममा धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौंमा बसोबास गर्ने म्याग्दीवासीबीच म्याग्दीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन तथा पशुपालनका माध्यमबाट म्याग्दीलाई समृद्ध बनाउन सकिने बताए ।

म्याग्दीमा प्रमुख सामाजिक समस्याका रूपमा रहेको मेलाजात्रालाई व्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रमा सुधार गर्न नसकिने उनको भनाइ थियो ।

‘टोलटोलमा लगातार मेलाजात्रा लगाउँदा किशोरकिशोरीहरूको पढाइ नराम्ररी बिग्रेको छ,’ उनले भने, ‘नामका लागि विदेशबाट मेलाका लागि लाखौँ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौँ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ।’

संघीय सरकारले यस वर्ष धवलागिरी गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला तथा अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगंगा गाउँपालिकाको चिमखोला जोड्ने दुईवटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने पुनले बताए।

बेनी–दरवाङ सडकअन्तर्गत फापरखेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्षा सकिएलगत्तै सुरु हुने उनले जानकारी दिए। संघीय सरकारले म्याग्दीमा रणनीतिक महत्वका सडक आयोजनालाई प्राथमिकता दिने उनको भनाइ थियो।

पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवंगत भएका म्याग्दीमा जन्मिएका पर्वतारोही निर्मल पुर्जासहितका पर्वतारोहीहरूको सम्मानमा सरकारले उचित निर्णय लिने पुनले बताए।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्णका अध्यक्ष भारतकुमार पुनलगायतले म्याग्दीका सम्भावना तथा आवश्यक कामका विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ९ : २६ बजे

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा