हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू) « Khabarhub

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट एक वर्षमै पुरानो लयमा फर्कने प्रयासमा छ ।

देशकै ठूलो व्यापारिक चेन भाटभटेनीका २८ मध्ये १२ वटामा आगजनी नै भएको थियो । यसबाहेक ९ वटामा तोडफोड र लुटपाट भएको थियो । यसरी २१ वटा स्टोरमा क्षति भएकोमा १७ वटा स्टोर पुनः सञ्चालनमा आएका छन् । 

तोडफोड र लुटपाट भएका शाखा पहिल्यै सञ्चालनमा आएपनि जलेर ध्वस्त भएका १२ मध्ये ८ वटा सञ्चालनमा आएका छन् । 

सुनसरीको धरान, काठमाडौँको नक्साल, मकवानपुरको हेटौंडा र झापाको दमक शाखा पनि पुनः सञ्चालनकै चरणमा छन् । असोज मसान्तसम्म यी शाखा पनि सञ्चालनमा ल्याउने योजना भाटभटेनीको छ ।

आन्दोलनको क्रममा उपत्यकाको महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस, नक्साल शाखा, उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरान शाखा आगजनीले ध्वस्त भएका थिए । 

कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी, भैरहवामा आगजनी नभएपनि तोडफोड र लुटपाट भएको थियो । टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेडसेन्टर, पाटन, नेपालगञ्जस्थित स्टोर भने सुरक्षित रहे ।

आन्दोलनपछि क्षतिग्रस्त शाखाहरूको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिँदै कम्पनीले व्यवसायलाई लयमा ल्याउने प्रयास गरेको छ । 

जेन-जी आन्दोलनले भाटभटेनीको भौतिक संरचनासँगै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा समेत तत्कालीन दबाब सिर्जना गरेपनि एक वर्षको अवधिमा कम्पनी पुनः आफ्नो नियमित व्यावसायिक गतिविधितर्फ फर्किन थालेको अवस्था छ ।

भाटभटेनीले पुनःर्निर्माणमार्फत आफूलाई लयमा मात्र फर्काएको छैन, ‘अन्तर्राष्ट्रिय मोडल’मा सञ्चालनको योजना अघि बढाएको छ । त्यही योजनाअन्तर्गत भाटभटेनीले भक्तपुरस्थित राधेराधे शाखामा रात्रिकालीन सेवा पनि सुरू गरेको छ । 

तस्बिर : नेपाल फाेटाे लाईब्रेरी

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : १२ बजे

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी