हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू) « Khabarhub

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट एक वर्षमै पुरानो लयमा फर्कने प्रयासमा छ ।

देशकै ठूलो व्यापारिक चेन भाटभटेनीका २८ मध्ये १२ वटामा आगजनी नै भएको थियो । यसबाहेक ९ वटामा तोडफोड र लुटपाट भएको थियो । यसरी २१ वटा स्टोरमा क्षति भएकोमा १७ वटा स्टोर पुनः सञ्चालनमा आएका छन् । 

तोडफोड र लुटपाट भएका शाखा पहिल्यै सञ्चालनमा आएपनि जलेर ध्वस्त भएका १२ मध्ये ८ वटा सञ्चालनमा आएका छन् । 

सुनसरीको धरान, काठमाडौँको नक्साल, मकवानपुरको हेटौंडा र झापाको दमक शाखा पनि पुनः सञ्चालनकै चरणमा छन् । असोज मसान्तसम्म यी शाखा पनि सञ्चालनमा ल्याउने योजना भाटभटेनीको छ ।

आन्दोलनको क्रममा उपत्यकाको महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस, नक्साल शाखा, उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरान शाखा आगजनीले ध्वस्त भएका थिए । 

कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी, भैरहवामा आगजनी नभएपनि तोडफोड र लुटपाट भएको थियो । टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेडसेन्टर, पाटन, नेपालगञ्जस्थित स्टोर भने सुरक्षित रहे ।

आन्दोलनपछि क्षतिग्रस्त शाखाहरूको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिँदै कम्पनीले व्यवसायलाई लयमा ल्याउने प्रयास गरेको छ । 

जेन-जी आन्दोलनले भाटभटेनीको भौतिक संरचनासँगै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा समेत तत्कालीन दबाब सिर्जना गरेपनि एक वर्षको अवधिमा कम्पनी पुनः आफ्नो नियमित व्यावसायिक गतिविधितर्फ फर्किन थालेको अवस्था छ ।

भाटभटेनीले पुनःर्निर्माणमार्फत आफूलाई लयमा मात्र फर्काएको छैन, ‘अन्तर्राष्ट्रिय मोडल’मा सञ्चालनको योजना अघि बढाएको छ । त्यही योजनाअन्तर्गत भाटभटेनीले भक्तपुरस्थित राधेराधे शाखामा रात्रिकालीन सेवा पनि सुरू गरेको छ । 

तस्बिर : नेपाल फाेटाे लाईब्रेरी

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १० : १२ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन