बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण « Khabarhub

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५ वटा पक्की पुल निर्माण गरेको छ । पुल निर्माणसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका हजारौँ स्थानीयवासीको आवागमन सहज भएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय, बाँकेले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख चन्द्रबहादुर शाहका अनुसार निर्माण सम्पन्न बाहेक दुई वटा निर्माणाधीन पुल अन्तिम चरणमा छन् भने थप दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्कासमेत आह्वान भइसकेको छ । उनका अनुसार बैजनाथ गाउँपालिका–६ स्थित जेठी नाला र कोहलपुर नगरपालिका–१३ को गेरुवा खोलामा पुल निर्माण भइरहेको छ ।

स्थानीय आवश्यकता र मागका आधारमा प्रदेश सरकारले पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । “स्थानीयको आवश्यकता र मागलाई आधार बनाएर पुल निर्माणका योजना छनोट गरी कार्यान्वयन गरिरहेका छौँ”, कार्यालय प्रमुख शाहले भने, “पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा समेत आवागमनमा सहजता भएको छ ।” कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलामा पुल निर्माण भएको छ ।

जेठी नालाअन्तर्गत चार वटा पुल निर्माण पूरा भइसकेको छ भने सोही क्षेत्रमा एचगाउँमा अर्को पक्की पुल निर्माणाधीन छ । यस अवधिमा खजुरा गाउँपालिका–२ सिगाउँस, खजुरा–४ चल्तुवा–सिर्जनाटोल तथा साइगाउँमा पक्की पुल निर्माण गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकार गठनपछि पुल निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।

उनले प्रदेशका विभिन्न जिल्लामा दर्जनौँ पुल निर्माण भएपछि यातायात सञ्चालनमा सहजता आएको उल्लेख गरे । मन्त्री खत्रीले भने, “पुल निर्माणसँगै नागरिकको आवागमन र सवारीसाधन सञ्चालनमा सहजता भएको र प्रदेश सरकारले पुलसँगै सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ४ : ३३ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन