गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ? « Khabarhub

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद तथा घाइतेहरूको सम्मान र सम्झनाका नाममा भइरहेका गतिविधिमाथि प्रश्न उठाएकी छन्।

गत वर्ष भदौ २४ गते आगजनी गरिएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि मंगलबार जेन-जी सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि आफू अवाक बनेको उनलेे बताइन् ।

उनले गृहमन्त्री सुधन गुरूङ र केही विवादि हिन्दुवादीहरूको सहभागितामा भएको कार्यक्रमको स्वरूपप्रति असन्तुष्टि जनाएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मलाई कताकता लाग्यो, हामीले जेन-जी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ।’

उनले कार्यक्रममा निर्माण गरिएको स्टेज, धर्मगुरुको उपस्थितिको औचित्य तथा आफ्ना सन्तान गुमाएका परिवारको पीडा सम्बोधन गर्ने विषयमा प्रश्न उठाएकी छन्।

धितालले जेन-जी आन्दोलनको आवाजलाई अगाडि बढाउने तथा सरकारका काममाथि निरन्तर प्रश्न उठाउने व्यक्तिहरूले पनि कार्यक्रमको स्वरूपप्रति हस्तक्षेप गर्न नसकेको बताएकी छन्।

उनले पछिल्लो एक वर्षमा नेपाली समाजले अरूको पीडा र भावना महसुस गर्ने क्षमता गुमाउँदै गएको टिप्पणी गरेकी छन्।

‘पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको?’ उनले प्रश्न गरेकी छन्।

उनले आन्दोलनका क्रममा अभिव्यक्ति स्वतन्त्रता र राज्यसत्ताको जवाफदेहिताका लागि आवाज उठाइए पनि अहिले प्रश्न गर्नेहरूमाथि धम्की र चेतावनीको भाषा प्रयोग हुन थालेको उल्लेख गरेकी छन्।

‘त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौँ हामी। के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ?’ उनको प्रश्न छ।

धितालल गृहमन्त्री गुरूङतिर लक्षित गर्दै सुधार अरूले मात्र गर्नुपर्ने र आफूहरूले चाहिँ आत्मसमीक्षा गर्न नपर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएकी छन्। ‘यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान?’ उनले लेखेकी छन्।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ६ : ४१ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा