‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा « Khabarhub

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर २०२६ का दाबेदार खेलाडीहरूको सूची सार्वजनिक भएको छ। सूचीमा विश्व फुटबलका चर्चित युवा तथा अनुभवी खेलाडीहरू समावेश छन्।

स्पेन तथा बार्सिलोनाका युवा स्टार लामिन यामाल, रियल मड्रिडका जुड बेलिङ्घम र किलियन एमबाप्पे, पेरिस सेन्ट जर्मेनका ओस्मान डेम्बेले, भिटिन्हा र अक्राफ हाकिमीलगायत खेलाडी प्रतिस्पर्धामा छन्।

अर्जेन्टिनाका दिग्गज लियोनेल मेस्सी पनि २०२६ को बालोन डी ओरका दाबेदारको सूचीमा परेका छन्। उनी हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन्।

बालोन डी ओर विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारमध्ये एक हो।

२०२६ को विजेताका लागि युवा प्रतिभा, स्थापित सुपरस्टार र विश्व फुटबलका अनुभवी खेलाडीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

३० खेलाडीको सूची

जुड बेलिङ्घम (रियल मड्रिड/इंग्ल्यान्ड)

पाउ कुबार्सी (बार्सिलोना/स्पेन)

मार्क कुकुरेला (रियल मड्रिड/स्पेन)

ओस्मान डेम्बेले (पेरिस सेन्ट जर्मेन/फ्रान्स)

लुइस डियाज (बायर्न म्युनिख/कोलम्बिया)

ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड/पोर्चुगल)

गाब्रिएल (आर्सनल/ब्राजिल)

एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/नर्वे)

अक्राफ हाकिमी (पेरिस सेन्ट जर्मेन/मोरक्को)

ह्यारी केन (बायर्न म्युनिख/इंग्ल्यान्ड)

ख्भिचा क्वारात्स्खेलिया (पेरिस सेन्ट जर्मेन/जर्जिया)

लामिन यामाल (बार्सिलोना/स्पेन)

साडियो माने (अल–नासर/सेनेगल)

मार्किन्होस (पेरिस सेन्ट जर्मेन/ब्राजिल)

लाउतारो मार्टिनेज (इन्टर मिलान/अर्जेन्टिना)

किलियन एमबाप्पे (रियल मड्रिड/फ्रान्स)

नुनो मेन्डेस (पेरिस सेन्ट जर्मेन/पोर्चुगल)

लियोनेल मेस्सी (इन्टर मियामी/अर्जेन्टिना)

जोआओ नेभेस (पेरिस सेन्ट जर्मेन/पोर्चुगल)

माइकल ओलिसे (बायर्न म्युनिख/फ्रान्स)

विलियन पाचो (पेरिस सेन्ट जर्मेन/इक्वेडर)

जुलियन किन्योनेस (अल–काद्सिया/मेक्सिको)

डेक्लान राइस (आर्सनल/इंग्ल्यान्ड)

रोड्री (बार्सिलोना/स्पेन)

फाबियन रुइज (पेरिस सेन्ट जर्मेन/स्पेन)

विलियम सालिबा (आर्सनल/फ्रान्स)

फेरान टोरेस (पेरिस सेन्ट जर्मेन/स्पेन)

दायो उपामेकानो (बायर्न म्युनिख/फ्रान्स)

भिनिसियस जुनियर (रियल मड्रिड/ब्राजिल)

भिटिन्हा (पेरिस सेन्ट जर्मेन/पोर्चुगल)

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १० : ०८ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा