‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा « Khabarhub

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर २०२६ का दाबेदार खेलाडीहरूको सूची सार्वजनिक भएको छ। सूचीमा विश्व फुटबलका चर्चित युवा तथा अनुभवी खेलाडीहरू समावेश छन्।

स्पेन तथा बार्सिलोनाका युवा स्टार लामिन यामाल, रियल मड्रिडका जुड बेलिङ्घम र किलियन एमबाप्पे, पेरिस सेन्ट जर्मेनका ओस्मान डेम्बेले, भिटिन्हा र अक्राफ हाकिमीलगायत खेलाडी प्रतिस्पर्धामा छन्।

अर्जेन्टिनाका दिग्गज लियोनेल मेस्सी पनि २०२६ को बालोन डी ओरका दाबेदारको सूचीमा परेका छन्। उनी हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन्।

बालोन डी ओर विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारमध्ये एक हो।

२०२६ को विजेताका लागि युवा प्रतिभा, स्थापित सुपरस्टार र विश्व फुटबलका अनुभवी खेलाडीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

३० खेलाडीको सूची

जुड बेलिङ्घम (रियल मड्रिड/इंग्ल्यान्ड)

पाउ कुबार्सी (बार्सिलोना/स्पेन)

मार्क कुकुरेला (रियल मड्रिड/स्पेन)

ओस्मान डेम्बेले (पेरिस सेन्ट जर्मेन/फ्रान्स)

लुइस डियाज (बायर्न म्युनिख/कोलम्बिया)

ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड/पोर्चुगल)

गाब्रिएल (आर्सनल/ब्राजिल)

एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/नर्वे)

अक्राफ हाकिमी (पेरिस सेन्ट जर्मेन/मोरक्को)

ह्यारी केन (बायर्न म्युनिख/इंग्ल्यान्ड)

ख्भिचा क्वारात्स्खेलिया (पेरिस सेन्ट जर्मेन/जर्जिया)

लामिन यामाल (बार्सिलोना/स्पेन)

साडियो माने (अल–नासर/सेनेगल)

मार्किन्होस (पेरिस सेन्ट जर्मेन/ब्राजिल)

लाउतारो मार्टिनेज (इन्टर मिलान/अर्जेन्टिना)

किलियन एमबाप्पे (रियल मड्रिड/फ्रान्स)

नुनो मेन्डेस (पेरिस सेन्ट जर्मेन/पोर्चुगल)

लियोनेल मेस्सी (इन्टर मियामी/अर्जेन्टिना)

जोआओ नेभेस (पेरिस सेन्ट जर्मेन/पोर्चुगल)

माइकल ओलिसे (बायर्न म्युनिख/फ्रान्स)

विलियन पाचो (पेरिस सेन्ट जर्मेन/इक्वेडर)

जुलियन किन्योनेस (अल–काद्सिया/मेक्सिको)

डेक्लान राइस (आर्सनल/इंग्ल्यान्ड)

रोड्री (बार्सिलोना/स्पेन)

फाबियन रुइज (पेरिस सेन्ट जर्मेन/स्पेन)

विलियम सालिबा (आर्सनल/फ्रान्स)

फेरान टोरेस (पेरिस सेन्ट जर्मेन/स्पेन)

दायो उपामेकानो (बायर्न म्युनिख/फ्रान्स)

भिनिसियस जुनियर (रियल मड्रिड/ब्राजिल)

भिटिन्हा (पेरिस सेन्ट जर्मेन/पोर्चुगल)

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : ०८ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा