एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस « Khabarhub

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

अनुसन्धानबाट ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए ।

‘अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,’ प्रवक्ता जबराले भने ।

एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सीआईबीले अनुसन्धान गरेको थियो । ‘अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेका छौँ । अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुनेछ,’ प्रवक्ता जबराले भने ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ८ : ३० बजे

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर