भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन « Khabarhub

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना पिताको निधन भएको पुष्टि गरेका छन् ।

नाना पाटेकर पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’ मा देखिएका थिए । शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त चलचित्र फेब्रुअरी २०२६ मा प्रदर्शन भएको थियो । चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।

उनले अनिल कपुर अभिनीत ‘सुबेदार’ मा पनि अभिनय गरेका थिए । उक्त चलचित्रको मार्च २०२६ मा प्राइम भिडियोमा प्रिमियर भएको थियो । त्यसअघि उनी ‘हाउसफुल–५’ (२०२५) र ‘वनवास’ (२०२४) मा देखिएका थिए ।

नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक थिए । चार दशकभन्दा लामो अभिनय यात्रामा उनले ‘परिन्दा’, ‘प्रहार ः द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी ः द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए ।

चलचित्र तथा कला क्षेत्रमा उनको योगदानका लागि सन् २०१३ मा भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो ।

नाना पाटेकरले सन् १९७८ मा प्रदर्शन भएको चलचित्र ‘गमन’ बाट बलिउडमा प्रवेश गरेका थिए । विशेषगरी ‘शक्ति ः द पावर’ (२००२), ‘अब तक छप्पन’ (२००४), ‘अपहरण’ (२००५) र ‘ट्याक्सी नम्बर ९२११) (२००६) मा उनको अभिनय चर्चित बनेको थियो ।

अभिनय क्षेत्रमा सक्रिय नाना पाटेकरको चार दशकभन्दा लामो कलायात्रा उनको निधनसँगै टुङ्गिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ९ : १६ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको