गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित « Khabarhub

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका तथा टुङ्ना वादक फुटी शेर्पा सम्मानित भएकी छन् ।

संगीत तथा कला–संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै शेर्पालाई उत्कृष्ट कला तथा संस्कृति पुरस्कार 
सम्मान गरिएको हो ।

फुटी शेर्पाले नेपाली मौलिक संगीत तथा कला–संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् । उनले २०२५ सालमा भारतको सिलिगुडीमा आयोजित हिमालयन जातीय प्रतियोगिता–२०२५ मा उपविजेताको उपाधिसमेत हासिल गरेका थिए।

त्यस्तै, शेर्पा समुदायबाट रेडियो नेपालमा आधुनिक गीततर्फको स्वर परीक्षा उत्तीर्ण गर्ने शेर्पा समुदायको पहिलो महिलासमेत रहेको बताइएको छ। 

पुरस्कार प्राप्त गरेपछि आफू अत्यन्तै गौरवान्वित र खुसी भएको फुटी शेर्पाले बताएकी छन् । यस सम्मानले आगामी दिनमा कला तथा संगीतको क्षेत्रमा अझ सक्रिय भएर अगाडि बढ्न आफूलाई थप हौसला र प्रेरणा मिलेको उनको भनाइ छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ११ : ४४ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार