हुरीले गोलभेँडा खेतीमा क्षति « Khabarhub

हुरीले गोलभेँडा खेतीमा क्षति


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिक रुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।

सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडा खेतीमा क्षति पुगेको हो । 

टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेलालगायतका तरकारी उत्पादन गर्दै आएका छन् । 

एउटा टनेलबाट चारदेखि पाँच क्वीन्टलसम्म गोलभेँडा उत्पादन हुने त्यहाँका किसान बताउँछन् । टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ ।

उक्त क्षेत्रमा सबैभन्दा बढी गोलभेँडा उत्पादन हुने गरेको छ । ठूलोलुम्पेकमा उत्पादित तरकारी बिक्री गर्न स्थानीय बजारसँगै बुटवलसम्म लैजाने गरिएको छ ।

बजारमा गोलभेँडाको माग अत्यधिक भए पनि पछिल्लो समय माग अनुसार उत्पादन गर्न नसकिएको वडाध्यक्ष मगरले बताए ।

हुरीका कारण आठ लाखभन्दा बढीको गोलभेँडामा क्षति पुगेको छ । स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा तथा थोकमा रु ३५ देखि रु ४० सम्म बिक्री हुने गरेको छ । 

वडाध्यक्ष मगरका अनुसार ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस, चेतमान राहडीलगायत किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । 

वर्खामा सडक अवरुद्ध हुँदा यहाँका किसानलाई यतिबेला तरकारी बजारसम्म पुर्‍याउन सकस भएको छ । अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरेर सङ्कलन केन्द्रसम्म तरकारी पुर्‍याउनु पर्ने बाध्यता छ । 

किसानलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सत्यवती गाउँपालिकाले बुटवलको कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारीको व्यवस्थापन गर्दै आएको छ ।

तीन वर्षदेखि गाउँपालिकाले सटरको भाडा व्यहोर्दै तरकारी बिक्रीको चाँजोपााजो मिलाउँदै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । 

तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उनले बताए ।

यस अन्तर्गत कृषकलाई प्रतिकिलो दुई रुपैयाँ र त्यसको व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले बताए । रासस

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १२ : २५ बजे

समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

काठमाडौँ- मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका

प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा प्रधानमन्त्रीले गर्ने

एसिया कप राइजिङ स्टार्स : कुशल भुर्तेलको अर्धशतकमा यूएईमाथि नेपाल ६ विकेटको विजयी

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरे स्वागत (तस्बिरहरु)

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

यूएईविरुद्ध ओपनर कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड