इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका « Khabarhub

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी रक्षा मन्त्रालयले आवश्यक सैन्य तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)लाई निर्देशन दिएको छ।

एक्सियोसका अनुसार अमेरिका र इजरायलले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि नै इरानमाथि सम्भावित हमला गर्न सक्ने देखिएको छ। इजरायलमा हुने निर्वाचनअघि पनि यस्तो कारबाही हुन सक्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

सम्भावित सैन्य कारबाहीमा इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार तथा आणविक केन्द्रलाई लक्षित गरी ठूलो हवाई हमला हुन सक्ने बताइएको छ। यद्यपि, इरानमाथि सम्भावित हमलाबारे अमेरिकाले अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक गरेको छैन।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा बढ्दो जीवनयापन खर्च मतदाताका लागि प्रमुख चिन्ताको विषय बनेको छ। इरानसँगको युद्धका कारण पेट्रोलको मूल्य बढ्दा ढुवानी, यातायात, हवाई सेवा तथा खाद्यान्नको मूल्यमा समेत असर परेको बताइएको छ।

सोमबार सार्वजनिक गरिएको रोयटर्स–इप्सोस सर्वेक्षणअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन ३२ प्रतिशतमा रहेको छ। सेप्टेम्बरमा गरिएको सर्वेक्षणमा पनि उनको समर्थन ३२ प्रतिशत नै थियो।

सर्वेक्षणले आगामी निर्वाचनमा मतदान गर्दा अमेरिकी नागरिकका लागि दैनिक जीवनयापनको खर्च सबैभन्दा महत्वपूर्ण मुद्दा बनेको देखाएको छ।

इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको समय र स्वरूपबारे प्राप्त विवरण अमेरिकी अधिकारीहरू तथा सञ्चारमाध्यमका रिपोर्टमा आधारित छन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १२ : ५४ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान