मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान « Khabarhub

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान बिहीबार राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न विशेष छुट दिएपछि उक्त उडान सम्भव भएको हो। इराकको नजफबाट उडेको विमान स्थानीय समयअनुसार बिहान ६ः५० बजे तेहरान पुगेको सरकारी टेलिभिजनले जनाएको छ।

उक्त विमान यात्रुसहित नजफबाट तेहरान पुगेको र पुनः नजफ फर्किने सेवा सञ्चालन गरिएको जनाइएको छ। नजफ शिया मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक स्थल भएकाले इरान–इराकबीच तीर्थयात्रीको आवतजावतका लागि उडान सञ्चालन गर्न विशेष छुट दिइएको हो।

गत महिना इराकको यातायात मन्त्रालयले अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालनका लागि विशेष अनुमति दिएको जानकारी दिएको थियो।

यसैबीच, इराकी सरकारले अमेरिकासँग भएको सहमतिअनुसार महन एयरबाहेकका इरानी वायुसेवा कम्पनीलाई पनि नजफबाट दैनिक उडान सञ्चालन गर्न अनुमति दिएको जनाएको छ।

यो घटनाक्रम अमेरिकाले इरानको हवाई उद्योगमाथि प्रतिबन्ध थप कडा बनाएको केही समयपछि आएको हो। अमेरिकी प्रतिबन्धका कारण प्रमुख इरानी वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान रद्द गर्नुपरेको छ भने विभिन्न देशले समेत इरानी विमानमाथि उडान प्रतिबन्ध लगाएका छन्।

गत सेप्टेम्बरको अन्त्यमा इरानले अमेरिकी प्रतिबन्धविरुद्ध अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मा औपचारिक उजुरीसमेत दर्ता गराएको थियो।

हाल इरानबाट बाहिरिने र इरान प्रवेश गर्ने यात्रुका लागि छिमेकी टर्कीका गन्तव्यहरू प्रमुख हवाई विकल्प बनेका छन्। इरानी वायुसेवा कम्पनीहरूले भने अफगानिस्तान, पाकिस्तान, चीन, रुस, मलेसिया र थाइल्यान्डमा उडान सञ्चालन गरिरहेका छन्।

यसअघि इरानी वायुसेवाका लागि मध्यपूर्वको महत्वपूर्ण गन्तव्य मानिने संयुक्त अरब इमिरेट्सले इरानी वायुसेवाका उडान निलम्बन गरेको थियो।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १ : १९ बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा